विश्व

भारतमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४ हजार ७ सय नाघ्याे



काठमाडौँ, १६ जेठ । भारतमा कोरोना भाइरस (कोभिड–१९) हरेक दिन मृत्यु हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएको पाइन्छ ।

वर्ल्डो मिटर्स डट इन्फोका अनुसार भारतमा अहिले बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ४ हजार ७ सय ११ पुगेकाे छ भने संक्रमितकाे संख्या १ लाख ६५ हजार ३८६ पुगेकाे छ ।

बिहीबार एकैदिनमा ७ हजार ३ सयय नयाँ संक्रमित थपिएका छन् भने १७७ जनाकाे मृत्यु भएकाे वर्ल्डो मिटर्सले जनाएकाे छ । संक्रमितमध्ये ७० हजार ९२० मानिस उपचारपछि निको भएर घर फिर्किएका छन् । भारतमा अहिले ८९ हजार ७ भन्दा बढीमा कोरोना भाइरस सक्रिय छ । तीमध्ये ८ हजार ९४४ काे अवस्था गम्भीर रहेकाे छ ।

भारतमा कोरोना संक्रमण व्यापक बन्दै गएसँगै भारत सरकारले पुनः लकडाउनको अवधि २ सातासम्म बढाएको छ । भारतको गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकडाउनलाई ३१ मेसम्म जारी राख्ने निर्णय गरेको छ ।