काठमाडौँ, १७ जेठ । आज थप १८९ जनामा कोरोना संक्रमण भएसँगै नेपालमा संक्रमितको संख्या १४ सय एक पुगेको छ ।
शनिबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी संख्यामा कोरोना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार शनिबार थप १८९ जनामा संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४०१ पुगेको छ । जसमध्ये जना २१९ निको भएर घर फर्किएका छन् ।










प्रतिक्रिया दिनुहोस्