विश्व

अमेरिकामा कोरोना संक्रमितको संख्या १८ लाख नाघ्याे



काठमाडौँ, १८ जेठ । कोरोना भाइरस (कोभिड– १९) अमेरिकामा १८ लाख १६ हजार ८२० जनामा कोरोना संक्रमण फैलिसकेको छ ।

अमेरिकामा शनिबार मात्रै २९० नयाँ संक्रमित थपिएका छन् । यससँगै अमेरिकामा कुल संक्रमित संख्या १८ लाख नाघेकाे हो । दैनिक मृतक संख्या अहिले पनि १ हजारमाथि रहेकाे छ । शनिबार मात्रै भाइरस संक्रमणका कारण १ हजार १५ जनाकाे मृत्यु भएकाे ।

अहिलेसम्म १ लाख हजार ५ हजार ५५७ जनाले यस भाइरसकाे संक्रमणबाट ज्यान गुमाइसकेका छन् । अमेरिकामा भने कुल संक्रमितमध्ये ५ लाख ३५ हजारभन्दा बढी निकाे भइसकेका छन् । बाँकी ११ लाख ७५ हजार मानिसमा अहिले भाइरस सक्रिय रहेका छन ।