काठमाडौँ, १८ जेठ । भारतमा कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमितको संख्या १ लाख ८१ हजार ८८७ पुगेकाे छ ।
संक्रमितमध्ये हाल ८६ हजार ९३६ मानिस उपचारपछि निको भएर घर फर्किएका छन् । भारतमा अहिले ८९ हजार ८ सयभन्दा बढीमा कोरोना भाइरस सक्रिय छ । उनीहरू उपचाररत छन् । अहिलेसम्म भारतमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ५ हजार १८५ पुगेकाे छ
शुक्रबार मात्र भारतमा काेराेनाबाट २६९ जनाकाे ज्यान गएकाेमा शनिबार भने २०५ जनाकाे ज्यान गएकाे छ । यससँगै भारत सरकारले संक्रमण नियन्त्रण गर्ने लक्ष्यसहित विगत ३ महिनादेखि जारी लकडाउन बढाएर थप १ महिना लम्ब्याएकाे छ ।










प्रतिक्रिया दिनुहोस्