डोटी, १८ जेठ । डोटीको दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सुजङ अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय दिपायलका अनुसार केआइसिंह गाउँपालिका–४ वायलकी २९ वर्षीया नारु कार्कीको मृत्यु भएको हो ।
सुत्केरी बेथा लागेर दुई दिन पहिले अस्पताल भर्ना भएकी उनको अप्रेसन मार्फत सुत्केरी गराइएको थियो । सुत्केरी गराएको दुई दिनपछि आज बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
जण्डिस भएकी सुत्केरी महिलाको अस्पतालले अप्रेसन गरेका कारण ज्यान गएको मृतक महिलाका घर परिवारको आरोप छ ।










प्रतिक्रिया दिनुहोस्