समाचार

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु



काठमाडौँ, १८ जेठ । नवलपरासी (पश्चिम) मा भएको सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सुनवल नगरपालिका–४ मछेरमारास्थित सडकमा लु ३७ प १६२० नम्बरको मोटरसाइकल अनियन्त्रित दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही बुटवल उपमहानगरपालिका–८ सुख्खानगर बस्‍ने २७ वर्षीय सागर गुरुङ छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।