विश्व

भारतमा काेराेनाबाट मृत्यु हुनुकाे संख्या ५ हजार ४ सय नाघ्याे



काठमाडौँ, १९ जेठ । भारतमा कोरोना भाइरस (कोभिड–१९)बाट मृत्यु हुनेकाे संख्या ५ हजार ४ सय ८ पुगेकाे छ भने संक्रमितकाे संख्या १ लाख ९० हजार ६०९ पुगेकाे छ ।

आइतबार मात्रै त्यहाँ ८ हजार ७८२ नयाँ संक्रमित फेला परेकाे छ । शनिबार ८ हजार ३३६ जनामा संक्रमण पुष्टि भएकाे थियाे । आइतबार त्यहाँ २२३ जनाकाे मृत्यु भएकाे छ ।

संक्रमितमध्ये हाल ९१ हजार ८५२ मानिस उपचारपछि निको भएर घर फर्किएका छन् । भारतमा अहिले ९३ हजार ३ सयभन्दा बढीमा कोरोना भाइरस सक्रिय छ । उनीहरू उपचाररत छन् ।