विश्व

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० हजार नाघ्यो



काठमाडौँ, २० जेठ । ब्राजिलमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या अहिले विहानसम्म ३० हजार ४६ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ब्राजिलमा विश्वमै सबैभन्दा धेरै ७३२ जनाको मृत्यु भएको छ । सोही अवधीमा ब्राजिलमा १४ हजार १६९ कोरोना संक्रमित थपिएका छन् । यो सँगै ब्राजिलमा कोरोना संक्रमितको संख्या ५ लाख २९ हजार १८ पुगेको छ ।

२ लाख ११ हजार ८० संक्रमित निको भइसकेका छन् । २ लाख ८७ हजार ८९२ जनाको उपचार भइरहेको छ । जसमध्ये ८ हजार ३१८ संक्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।