कैलाली, २० जेठ । बैतडीको पुर्चौडी नगरपालिका-४ भटनास्थित मालिका माध्यामिक विद्यालयको क्वारेन्टिमा बसेकी २२ वर्षीया युवतीको मृत्यु भएको छ ।
मंगलबार मृत्यु भएकी उनी लामो समयदेखि मुटुको बिरामी रहेको पुर्चौडी नगरपालिका स्वास्थ्य शाखा प्रमुख बिनोन कुँवरले बताए । मृतक महिना, उनका श्रीमान्, १८ महिनाको छोरा र एक जना आफन्तको स्वाब संकलनको तयारी भइरहेको कुँवरले जानकारी दिए ।
मृतक महिला भारतको पञ्जाबबाट मुटुरोगको उपचार गराएर फर्किएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्