समाचार

चाँगुनारायणकी एक गर्भवती महिलामा कोरोना संक्रमण



भक्तपुर, २० जेठ । भक्तपुरको चाँगुनारायण नगरपालिकाकी कोराना भाइरस (कोभिड–१९) संक्रमित गर्भवती रहेको खुलेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  चाँगुनारायण नगरपालिकाकी ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।संक्रमित महिला वडा नं ३ की स्थायी बासिन्दा रहेको नगरपालिकाले जनाएको छ ।

उनी नियमित स्वास्थ्य जाँचका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज आउजाउ गर्ने गर्थिन् । पछिल्लो पटक वैशाख २२, जेठ ५, ६ र १६ गते अस्पताल गएकी थिइन् । चिकित्सकहरुले प्रसूतिका लागि असार १९ गतेको लागि समय दिएकाले १६ गते कोभिड परीक्षणका लागि स्बाव दिइएको थियो ।