विश्व

विश्वभर कोरोनाबाट उपचारपछि घर फर्किनेको संख्या ३१ लाख ५८ हजार नाग्यो



काठमाडौँ, २२ जेठ । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म उपचारपछि घर फर्किने संख्या ३१ लाख ५८ हजार ४०५ जना उपचारपछि घर फर्किएका छन् ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल ६५ लाख ६१ हजार ७९१ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरसबाट ३ लाख ८६ हजार ७७० जनाको मृत्यु भएको छ ।

हालसम्ममा अमेरिकामा ६ लाख ८५ हजार ८०६ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा २ लाख ६६ हजार १३२ जना, रसियामा १ लाख ९५ हजार ९५७, जर्मनीमा १ लाख ६७ हजार ३०० र इटालीमा १ लाख ६० हजार ९३८ जना उपचारपछि घर फर्किएका छन् ।

अमेरिकामा संक्रमित हुनेको संख्या १९ लाख १ हजार ५२६ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म ब्राजिलमा ५ लाख ८३ हजार ९८० जना, रसियामा ४ लाख ३२ हजार २७७ जना, स्पेनमा २ लाख ८७ हजार ४०६ जना र बेलायतमा २ लाख ७९ हजार ८५६ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै अमेरिकामा १ लाख ९ हजार १४० जनाको मृत्यु भएको छ । यसैगरी, बेलायतमा ३९ हजार ७२८ जना, इटालीमा ३३ हजार ६०१ जना, ब्राजिलमा ३२ हजार ५४७ जना र फ्रान्समा २९ हजार २१ जनाको मृत्यु भएको छ ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus