काठमाडौँ, २२ जेठ । भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ६ हजार ८८ पुगेको छ ।
त्यस्तै सङ्क्रमितको संख्या दुई लाख १६ हजार ८२४ पुगेको वर्ल्डाे मिटर्सले जनाएकाे छ । भारतमा पछिल्लो २४ घण्टाको अवधिमा ९ हजार ६३३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने २५९ जनाकाे मृत्यु भएकाे छ ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार एक लाख चार हजार ७१ जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।
सवैभन्दा धेरै सङ्क्रमितको संख्या महाराष्ट्र प्रदेशमा रहेको छ । महाराष्ट्रमा मात्रै ७५ हजार बढी सङ्क्रमित भएका छन् । दोस्रो धेरै सङ्क्रमित रहेको तमिलनाडु प्रदेशमा रहेको मन्त्रालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्