समाचार

आज ‘पीनम्ब्रल’ चन्द्रग्रहण लाग्दै



काठमाडौँ, २३ जेठ । आज यो वर्षको दोस्रो चन्द्रग्रहण लाग्दै छ ।

यो ग्रहणलाई दक्षिण एशियाबाट पनि देख्न सकिनेछ । यसअघि १० जनवरीमा वर्षको पहिलो चन्द्रग्रहण लागेको थियो ।

आजको चन्द्रग्रहण शुक्रबार राति साढे ११ बजेबाट शुरु हुनेछ र शनिबार बिहानी २ बजेर ४९ मिनेटसम्म जारी रहनेछ । १ बजेर ९ मिनेट जाँदा यस ग्रहणको प्रभाव सबैभन्दा धेरै रहने बीबीसी हिन्दीले जनाएको छ ।

यो ग्रहणलाई एशिया, युरोप, अस्ट्रेलिया र अफ्रिकाबाट हेर्न सकिनेछ । आज देखिने चन्द्रग्रहण पीनम्ब्रल अर्थात् उप छाया ग्रहण हो । यसमा पृथ्वीको मुख्य छायाको बाहिर हिस्सा चन्द्रमामाथि पर्दछ । जसले गर्दा चन्द्रमा चमक फिक्का पर्नेछ ।