विश्व

कोरोनाबाट पछिल्लो २४ घण्टामा विश्वमा ५ हजार ३३६ को मृत्यु



काठमाडौँ, २३ जेठ । विश्वभर कोरोनाका कारण पछिल्लो २४ घण्टामा विश्वभरमा ५ हजार ३३६ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै ब्राजिलमा १ हजार ३३७ जनाको २४ घण्टामा कोरोनाले ज्यान गएको छ ।

सोही अवधीमा अमेरिकामा १ हजार २९ कोरोना संक्रमितको मृत्यु भएको छ । रुसमा १६९, स्पेनमा ५, बेलायतमा १७६, इटलीमा ८८, भारतमा २७५ कोरोना संक्रमितको ज्यान गएको छ ।

त्यस्तै विश्वभर केही हप्ता विश्वमा दैनिक १ लाखभन्दा कम संक्रमित थपिने गरेकोमा केही दिन यसो संख्या बढेर एक लाख नाघ्न थालेको छ । अघिल्लो २४ घण्टामा विश्वमा १ लाख २० हजार ५१० संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टामा १ लाख २६ हजार २०१ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा विश्वमै सबैभन्दा धेरै ब्राजिलमा २८ हजार ८८२ संक्रमित थपिएका छन् । सोही अवधीमा अमेरिकामा २१ हजार ९२२, रुसमा ८ हजार ८३१, बेलायतमा १ हजार ८०५, भारतमा ९ हजार ८८९, चिलीमा ४ हजार ६६४, मेक्सिकोमा ३ हजार ९१२ कोरोना संक्रमित थपिएका छन् ।

ब्राजिल, भारत, मेक्सिको, चिली लगायत देशमा संक्रमित थपिने क्रम तिब्र रुपमा बढिरहेको छ ।