काठमाडौँ, २४ जेठ । भारतमा कोरोनाभाइरस सङ्क्रमितको संख्या २ लाख ३६ हजार १८४ पुगेको वर्ल्डाे मिटर्सले जनाएकाे छ ।
एसियामै सबभन्दा बढी संक्रमित रहेकाे भारतमा शुक्रबार मात्र ९ हजार ४७१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएकाे वर्ल्डाेमिटर्सकाे तथ्यांकले जनाएकाे छ । यसैगरी शुक्रबार २८६ जनाकाे काेराेना संक्रमणका कारण मृत्यु भएकाे छ । याे भारतमा अहिलेसम्मकै बढी दैनिक मृत्यु हाे ।
त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएर भारतमा अहिलेसम्म ६ हजार ६४९ जनाको मृत्यु भइसकेको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार देशभरि अहिले पनि १ लाख १६ हजारभन्दा बढी मानिस सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी १ लाख १३ हजारभन्दा बढी मानिस सङ्क्रमणमुक्त भएर घर फर्किसकेका छन् ।
मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म सबैभन्दा धेरै सङ्क्रमितको संख्या महाराष्ट्र प्रदेशमा रहेको छ । महाराष्ट्रमा मात्रै ७७ हजार बढी सङ्क्रमित भएकाेमा ३३ हजार ६८१ जना भने निकाे भइसकेका छन् ।










प्रतिक्रिया दिनुहोस्