विश्व

विश्वभर कोरोनाबाट ३ लाख ९८ हजारको मृत्यु



काठमाडौँ, २४ जेठ । विश्वभर ३ लाख ९८ हजार जनाको मृत्यु भएको वर्ल्डाे मिटर्सले जनाएको छ ।

वर्ल्डाे मिटर्सलेका अनुसार ६८ लाख २६ हजारभन्दा धेरैमा कोरोनाको सङ्क्रमण देखिएकोमा ३३ लाख १२ हजारभन्दा धेरै निको भएका छन् । ३ लाख ९८ हजार जनाको ज्यान गइसकेको छ ।

सबैभन्दा धेरै अमेरिकामा १९ लाख ५३ हजार जनामा सङ्क्रमण देखिएकोमा १ लाख ११ हजार ४ सय जनाको ज्यान गएको छ, ७ लाख भन्दा धेरै निको भएका छन् । पछिल्लो २४ घन्टामा अमेरिकामा २९ हजार भन्दा धेरैमा सङ्क्रमण देखिएको छ भने १२ सय जनाको ज्यान गएको छ ।

ब्राजिलमा सङ्क्रमण तिव्र गतीमा बढिरहेको छ । ६ लाख ४५ हजार भन्दा धेरैमा सङ्क्रमण भएकोमा ३५ हजार भन्दा धेरैको ज्यान गएको छ । छिमेकी देश भारतमा पछिल्लो २४ घन्टामा ९ हजार ४ सय जनामा सङ्क्रमण देखिएको छ भने २ सय ८६ जनाको ज्यान गएको छ ।

भारतमा कुल २ लाख ३६ हजार भन्दा धेरैमा सङ्क्रमण देखिएकोमा ६ हजार ६ सय भन्दा धेरेको ज्यान गएको छ ।