बैतडी, २५ जेठ । बैतडीको क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराका अनुसार पाटन नगरपालिका ६ स्थित भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा बसेका वडा नं ६ कै सन्तोलि घर भएका ३१ वर्षीय युवकको शनिबार मृत्यु भएको हो।
साँझ साढे ६ बजेतिर उनी एक्कासि बेहोस भएका थिए । त्यसपछि उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा साढे आठ बजेतिर उनकाे मृत्यु भएको हो ।
मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरी धनगढी पठाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महराकाे भनाइ छ । ज्यान गुमाएका पुरुष हिजो शनिबार बिहान मात्रै भारतको बेंगलोरबाट पाटन आइपुगेका थिए र उनी सीधै क्वारेन्टाइनमा गएर बसेका थिए ।










प्रतिक्रिया दिनुहोस्