विश्व

भारतमा एकै दिन १० हजार संक्रमित थपिए



काठमाडौँ, २५ जेठ । भारतमा शनिबार मात्र १० हजार ४३८ जना कोरोनाभाइरस सङ्क्रमित फेला परेकाे वर्ल्डाेमिटर्सकाे तथ्यांकले देखाएकाे छ ।

शनिबार भारतमा २९७ जनाकाे काेराेना संक्रमणका कारण मृत्यु भएकाे छ । भारतमा कुल सङ्क्रमितको संख्या २ लाख ४६ हजार ६२२ पुगेको वर्ल्डाे मिटर्सले जनाएकाे छ । त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएर भारतमा अहिलेसम्म ६ हजार ९४६ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लाे तथ्यांकअनुसार भारतमा अहिले पनि १ लाख २० हजारभन्दा बढी मानिस सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी १ लाख १८ हजारभन्दा बढी मानिस सङ्क्रमणमुक्त भएर घर फर्किसकेका छन् ।

भारतमा पछिल्लो समयमा लकडाउनलाई खुकुलो बनाउँदै लगिएको र परिक्षणको मात्रा पनि बढाइएकाले सङ्क्रमितहरुको संख्या धेरै देखिँदै गएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।