काठमाडौँ, २५ जेठ । विश्वमा कोरोनाभाइरस अर्थात् कोभिड-१९ बाट मृत्यु हुनेकाे संख्या ४ लाख नाघेकाे छ ।
वर्ल्डो मिटर्स डट इन्फोका अनुसार आइतबार बिहानसम्म काेराेनाभाइरसका कारण मृत्यु हुनेकाे संख्या ४ लाख १ हजार ९६४ पुगेकाे छ । विश्वमा कोरोनाबाट संक्रमित हुनेकाे संख्या भने ७० लाखनजिक पुगेकाे छ । अहिलेसम्म ६९ लाख ७० हजार ६३० पुगेकाे वर्ल्डो मिटर्सले जनाएकाे छ । कुल सङ्क्रमितमध्ये ३४ लाख १० हजार ९९४ जना उपचारपछि घर फर्किएका छन् ।
पछिल्लाे २४ घण्टामा मात्रै विश्वभर १ लाख २६ हजार बढी नयाँ संक्रमित भेटिएका छन् भने ४ हजार १ सय ७७ जनाकाे मृत्यु भएकाे छ ।











प्रतिक्रिया दिनुहोस्