काठमाडौँ, २५ जेठ । कोरोना भाइरसबाट अमेरिकामा १ लाख १२ हजार ९६ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १९ लाख ८८ हजार ५४४ पुगेकाे छ ।
संक्रमितमध्ये ७ लाख ५१ हजार ८९४ भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ११ लाख २४ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १७ हजार २१ जनाकाे अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ब्राजिलमा काेराेनाबाट संक्रमित हुनेकाे संख्या ६ लाख ७३ हजार ५८७ पुगेकाे छ भने काेराेनाका कारण मृत्यु हुेकाे संख्या ३५ हजार ९५७ पुगेकाे छ ।
संक्रमितमध्ये ३ लाख २ हजार पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ ३ लाख ३५ हजार बढीकाे काेराेना सक्रिय रहेकाे छ ।










प्रतिक्रिया दिनुहोस्