समाचार

लागूऔषधसहित तीन जना पक्राउ



काठमाडौँ, २४ जेठ । सशस्त्र प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका–१० बाट लागूऔषधसहित २३ वर्षीय राजेन्द्र भाट,  १८ वर्षीय बल राना र २४ वर्षीय गौरव श्रेष्ठलाई  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक हिक्मत थापाले बताए ।

सुपप्रप०१–००८प ५४८७ नंको मोटरसाइकलमा सवार उनीहरुलाई  धनगढी उपमहानगरपालिका–१० स्थित जुगेडाबाट ११ दशमलव ७०० ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको र तीनै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाइएको प्रहरीले जनाएको छ ।