काठमाडौ,२५ जेठ । प्रतिनिधिसभा सदस्य एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारलाई सम्पूर्ण काभ्रेपलाञ्चोकका जनताले ‘विशेष धन्यवाद’ दिएको बताएका छन् ।
उनले भनेका छन, ‘प्रस्तुत बजेटले जिल्लाको समग्र विकास प्रक्रियालाई अत्यन्त सही दिशासाथ अघि बढाएको छ, यसैले प्रम ओली र उहाँको सरकारलाई काभ्रेलीको तर्फबाट डल्लै धन्यवाद दिएको हुँ’ ।,
‘हामीले धेरै काम गर्नुछ, समय पनि छ, अझ प्रदेशको बजेट आउनै बाँकी छ, म ढुक्क छु, केन्द्रमा समेट्न नसकिएका योजना वाग्मती प्रदेशले समेट्नेछ ।
अर्थमन्त्री डा युवराज खतिवडाद्वारा यही जेठ १५ गते प्रतिनिधिसभामा प्रस्तुत आव २०७७र७८ को विनियोजित बजेटमा काभ्रेपलाञ्चोकको विकास योजनाका लागि स्थानीय तहबाहेक विभिन्न शीर्षकमा अर्ब हाराहारीमा बजेट विनियोजन भएको छ ।
‘समृद्ध काभ्रेपलाञ्चोक निर्माणको हाम्रो यात्रा इन्द्रावती र सुनकोशी नदीझैँ शान्त तर गतिसाथ अघि बढिरहनेछन्’, बाँस्कोटाले भने । आगामी वर्षका लागि प्रस्तुत बजेटमा काभ्रेपलाञ्चोकका १३ स्थानीय तहलाई करिब साढे चार अर्ब छुट्याइएको छ।










प्रतिक्रिया दिनुहोस्