सिन्धुली, २६ जेठ । सिन्धुलीको फिक्कल गाउँपालिका–३ का ३४ वर्षीय रामबहादुर मगरको करेन्ट लागेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार अन्न पिस्ने मिल सञ्चालन गर्न आइतबार बिहान ४ बजे घरबाट निस्किएका मगरलाई ५ बजे मिलमा नै करेन्ट लागेर अचेत भएर ढलिरहेको अवस्थामा आफन्तले फेला पारेका थिए ।
अचेत अवस्थामा भेटिएका मगरलाई उपचारका लागि सुनकोशी सामुदायिक अस्पताल खुर्कोट पुर्याइए पनि ८ बजे अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्