राजनीति

नेपालमा मृत्युदण्डको कानून बनाउन मिल्दैन : मन्त्री तुम्बाहाङ्फे



काठमाडौँ, २६ जेठ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले नेपालमा बलात्कारीलाई मृत्युदण्ड दिने गरी कानून बनाउन नसकिने प्रस्ट पारेकी छन् ।

ज प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको मन्त्रालयगत शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले नेपालको संविधानमा नै मृत्युदण्डको कानून बनाउन नमिल्ने व्यवस्था गरिएको स्मरण गराइन् ।

छलफलमा केही सांसदले बलात्कारीलाई मृत्युदण्ड दिने व्यवस्था आवश्यक भएको बताएका थिए । जवाफमा कानुनमन्त्री ढकालले भनिन्, ‘यस्ता कुरा उठान गर्दा संविधानले के भनेको छ ख्याल गर्नुपर्छ । संविधानमा मृत्युदण्ड नदिने भन्ने भएका कारण ऐनमा मृत्युदण्डको कार्यलाई कार्यान्वयन गर्ने, मृत्युदण्ड दिनेसम्बन्धी कानुन बनाउन नसकिने जानकारी गराउन चाहन्छु ।’

उनले नेपालको अन्तरिम संविधान २०६३, विस्तृत शान्ति सम्झौता, नेपालको संविधान र सर्वोच्च अदालतको विभिन्न निर्देशनात्मक आदेश, मानव अधिकार तथा मानवीय कानुनको विश्वव्यापी मान्यता तथा संक्रमणकालीन न्यायको सिद्धान्त अनुसार पीडितको मागको सम्बोधन गरिने उनले बताइन् ।