Banner News

थप ३१४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३७ सय नाग्यो



काठमाडौँ, २६ जेठ । थप ३१४ जनामा  कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ३७६२  पुगेको छ  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३१४ जनामा कोरोना संक्रमित पुष्टि भएको हो । मन्त्रालयका अनुसार आज ४४८ जना कोरोना जितेर घर फर्किएका छन् भने १४ जनाको मृत्यु भएको छ ।