समाचार

रूपन्देहीको तिलाेत्तमा ५ जनाकाे हत्या



बुटवल, २७ जेठ । रुपन्देहीमा गएराति ५ जनाकाे सामूहिक हत्या भएकाे छ ।

रूपन्देहीको तिलाेत्तमा नगरपालिका वडा नं १० कान्छिबजार मैनैयामा वडा नं १० कान्छिबजारका कृष्ण पुनकाे गाई फर्ममा काम गर्ने ६ जनामध्ये ५ जनालाई हत्या गरि अर्का १ जना फरार रहेकाे स्थानीय प्रदिप थापाले बताए ।

मृत्यु हुनेहरुमा एक जना महिला र चार जना पुरुष छन् । मृतककाे नाम खुलेको छैन प्रहरी घटस्थलमा पुगी उक्त घटनाबारे थप अनुसन्धान  ईरहेकाे छ । फरार हुने साेहि फर्ममा काम गर्ने झपेन्द्र सिन्जाली हुन् ।