काठमाडौँ, २७ जेठ । भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टाको अवधिमा ८ हजार ४४२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने २६६ जनाकाे मृत्यु भएकाे छ ।
अहिलेसम्म सङ्क्रमितको संख्या दुई लाख ६५ हजार ९२८ पुगेको वर्ल्डाे मिटर्सले जनाएकाे छ । त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएर भारतमा अहिलेसम्म ७ हजार ४७३ जनाको मृत्यु भइसकेको छ ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार देशभरी अहिले पनि १ लाख २९ हजार ३६०जना सङ्क्रमित अवस्था मै रहेका छन् । तीमध्ये ८ हजार ९४४ थजनाकाे अवस्था भने गम्भीर रहेकाे छ । त्यसैगरी १ लाख २९ हजार ९५ जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।










प्रतिक्रिया दिनुहोस्