काठमाडौँ, २७ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय गाडी कुदाएर मात्रै विद्युतको खपत नबढ्ने बताएका छन् ।
आज बजेटको विनियोजनबारे संसदमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले विद्युत खपत बढाउन औद्योगीकरण र ग्रामीण विद्युतीकरणमा जोड दिनुपर्ने बताए ।
सरकारले सर्वसाधारण जनताको पहुँचमा हुने सार्वजनिक सवारीका साधनलाई महत्व दिएको भन्दै विद्युतीय सार्वजनिक सवारीको भन्सार दर एक प्रतिशत नै कामय राखिएको कुरा नबिर्सन सांसदहरुलाई आग्रह गरे । उनले भने, ‘अरु देशमा पनि १०० प्रतिशतभन्दा बढी भन्सार महशुल तथा अन्तशुल्क लिने गरिएको छ, ’विद्युतीय गाडीमा पेट्रोलियम सवारीमा भन्दा थोरै कर र महशुल लगाउनुपर्छ भन्नेमा हामी पनि विश्वास गर्छौं, तर कतिसम्म त्यसतो सहुलियत दिने ?’
उनले विद्युतीय सवारीले बढाउने एक-डेढ सय मेगावाट विजुलीको खपतले खास अर्थ नराख्ने भन्दै सरकारले ग्रामीण विद्युतीकरणको माध्यमबाट अघि बढ्न खोजेको उल्लेख गरे ।
आगामी वर्ष राजश्व र बजटको आकार घट्दा पनि प्रदेश र स्थानीय तहमा जाने बजेट नघटाइएको बताउँदै खतिवडाले संघमा पुराना दायित्व धेरै भएकाले दुई तिहाई बजेट माथि राख्नुपरेको प्रष्टीकरण दिए ।










प्रतिक्रिया दिनुहोस्