काठमाडौँ, २७ जेठ । काठमाडौँ र रौतहटमा मंगलबार भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
काठमाडौ महानगरपालिका–३२ जडीबुटीस्थित सडकमा प्रदेश ३–०१–२२ च ८७१० नम्बरको कारले प्रदेश ३–०२–००५ प १५९८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा कागेश्वरी मनोहरा नगरपालिका–७ काँडाघारी वीरेन्द्रचोक बस्ने २७ वर्षीया सुप्रभा लुईँटेलको मृत्यु भएको छ ।
कारको ठक्करबाट गम्भीर घाइते भएकी लुईँटेलको बीएण्डबी अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै रौतहटको गौर नगरपालिका–३ मजकुस्थित सडकमा ट्याक्टरको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएको छ । ना २ त ६५३६ नम्बरको ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी काली कुमारी पटेलको जिल्ला अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्