राजनीति

मन्त्रिपरिषद बैठक बस्दै : लकडाउनको मोडालिटी बारे छलफल हुने



काठमाडौँ, २८ जेठ । आज मन्त्रिपरिषद बैठक बस्ने भएको छ ।

दिउँसो २ बजे बस्ने बैठकमा लकडाउनको मोडालिटीलगायतका विषयमा छलफल हुने बताइएको छ । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि करिव साढे दुई महिना अघिदेखी लगाईएको लकडाउनले धेरैको जीविकोपार्जनमा समस्या भएपछि अब लकडाउनलाई क्रमशः खुकुलो बनाउने नीति सरकारले लिएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोभिड १९ (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने प्रस्ताव तयार पारेर मन्त्रिपरिषदमा बुझाइसकेको छ । दुई हप्ताको एक चरण गरी पाँच चरणमा लकडाउन क्रमशः खुकुलो बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ ।