काठमाडौँ, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि आम नेपाली नागरिक कोरोनाविरुद्धको महाकारिको लडाईमा प्रत्येक नागरिक सिपाही भएको बताउनुभएको छ ।
प्रतिनिधिसभामा बोल्दै प्रधानन्त्री आलीले कोरोनाविरुद्धको लडाईमा दलीय आधारमा कसैको विषय नभई सझा विषय भएकाले सवैको साथ र सहयोगकै कारण सरकार अघि बढिरहेको जानकारी गराउनुभयो । सरकारकमा लकडाउनको नीतिलाई प्रभावकारी ढंगले अघि बढाएका कारण प्रभावकारी कदमकै कारण ठूलो क्षती हुनबाट बचेको बताउँदै उहाँले पहिलो पिसिआर टेस्ट गर्न हङ्कङ पठाउनु परेको थियो तर हाल २१ वटा मेसिनहरुबाट नेपालमा नै परिक्षण गरिरहेको जानकारी गराउनुभयो ।
सरकारले २०७७/७८ को बजेट कोरोनाविरुद्धको लडाईकै लागि भएको उल्लेख गर्दै उहाँले कोरोनाको रोकथाम तथा नियन्त्रणसँगै नेपालको विकास र समृद्धिको बाटोमा अघि बढ्नुको कुनै विल्प नभएको बताउनुभयो । विश्व स्वास्थ्य संगठनले दिएको जानकारी अनुसार साउनदेखी क्रमिक रुपम संक्रमणको अवस्था कम हुँदै दशैंसम्ममा न्युन हुने आंकलन गरे पनि रोजगारी गुमेका कारण विदेशबाट नेपाल फर्कने युवाहरुको संख्या बढ्दै गएकाले नेपालमा कोरोनाविरुद्धको लडाईमा विशेष ध्यान दिनु अपरिहार्य रहेको बताउनुभयो ।
जेठ महिनामा मात्र भारतबाट मात्र दुई लाखभन्दा बढी नेपाली आफ्नो घर फर्किएको उल्लेख गर्दै उहाँले वर्तमान समयमा दैनिक करिव आठ हजार आइरहेको जानकारी गराउनुभयो ।










प्रतिक्रिया दिनुहोस्