काठमाडौँ, २८ जेठ । आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारले पेश गरेको (विनियोजन विधेयक) बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।
जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष लागि १४ खर्ब ७४ करोड ६४ करोडको बजेट पेश गर्नुभएको थियो । उक्त बजेटलाई बुधबार अर्थमन्त्री खतिवडाले पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । जसलाई प्रतिनिधिसभाले बहुमतले पारित गरेको हो । बजेटको पक्षमा सत्तारुढ नेकपा सांसदले मात्र मत दिए ।
प्रतिनिधि सभाबाट बहुमतले पारित भएको बजेट राष्ट्रिय सभाले पनि पारित गर्नुपर्ने हुन्छ । राष्ट्रियसभामा प्रतिननिधि सभामा जस्तै मन्त्रालयगत शीर्षकमाथि छलफल हुनेछ । आगामी आर्थिक बर्षको बजेटको विभिन्न मन्त्रालयत शीर्षकमाथि सांसदहरुले २६ वटा खर्च कटौती प्रस्ताव गरेका थिए । सबै खर्च कटौतीसम्बन्धी प्रस्तावहरु सदनमा निणयार्थ प्रस्तुत गर्दा बहुमतले अस्वीकृत भएका छन् ।
प्रतिक्रिया दिनुहोस्