विश्व

काेराेनाभाइरस : भारत चाैथाे नम्बरमा, हालसम्मकै बढी दैनिक मृत्यु



काठमाडौँ, ३० जेठ । भारतमा कोरोनाभाइरसबाट हालसम्मकै बढी दैनिक मृत्युका केस फेला परेका छन् । बिहीबार मात्रै त्यहाँ ११ हजार १२८ संक्रमित फेल परेका छन् भने ३९४ जनाकाे मृत्यु भएकाे छ । बुधबार त्यहाँ काेराेनाभाइरसका कारण ३८८ जनकाे मृत्यु भएकाे थियाे ।

अहिले एसियाकै महामारी केन्द्र बनिरहेकाे भारत विश्वमा काेराेना संक्रमित देशकाे लहरमा चाैथाे स्थानमा उक्लिएकाे छ । अहिलेसम्म भारतमा कुल सङ्क्रमितको संख्या २ लाख ९८ हजार २८३ पुगेकाे वर्ल्डाे मिटर्सकाे तथ्यांकले जनाएकाे छ । साथै त्यहाँ काेराेनाभाइरसबाट मृत्यु हुनेकाे संख्या ८ हजार ५०१ पुगेकाे छ ।

अहिले भातरमा १ लाख ४६ हजार ९७२ मानिस सङ्क्रमित अवस्थामै रहेका छन् । तीमध्ये ८ हजार ९४४ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ । त्यसैगरी १ लाख ४२ हजार ८१० जना भने सङ्क्रमणमुक्त भएर घर फर्किसकेका छन् । बिहीबार एकै दिन ५ हजार ९९३ जना निकाे भएर घर फर्किएकाे बताइएकाे छ ।