समाचार

कोभिड–१९ बिमा गराएका तीन जनामा कोरोना पोजिटिभ



काठमाडौँ, ३० जेठ । कोभिड–१९ बिमा गराएका तीन जनामा कोरोना संक्रमण ‘पोजिटिभ’ देखिएको छ ।

निर्जिवन बीमक संघका महासचिव चंकी क्षत्रीका अनुसार बिमा गराएका एक जनाले नेको इन्स्यारेन्स र २ जनाले एनएलजी इन्स्यारेन्समा दावी पेश गरेको हो  ।

दावी गरेका मध्ये एक जनाको भुक्तानी समेत भइसकेको छ । कृषि विकास बैंकमा कार्यरत एक व्यक्तिको पीसीआर परिक्षण गराउदा पोजिटिभ देखिए पछि उनलाई एक लाख रुपैयाँ भुक्तानी गरिएको हो । उता थप दुई जनाको भने भुक्तानी हुने प्रक्रियामा रहेको महासचिव क्षेत्रीले जानकारी दिए ।

समितिले एक हजार रुपैयाँमा एक लाख रुपैयाँको र पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँको कोराना बिमा गर्न सकिने व्यवस्था बनाएको छ ।परिवारकै बिमा गर्ने हो भने एक लाख रुपैयाँको लागि ६ सय रुपैयाँ र ५० हजार रुपैयाँको लागि तीन सय रुपैयाँ रकम तिर्नुपर्नेछ ।