काठमाडौँ, ३१ जेठ । अहिले नेपालको पूर्वी क्षेत्रमा मनसुन सक्रिय रहेको र ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार नेपालमा अरु ठाउँमा भने बिस्तारै मनसुन प्रवेश गर्ने छ । देशका पहाडी क्षेत्रमा ठूलो वर्षाको पूर्वानुमान गरिएको छ ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ भने पहाडि भूभागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।
त्यस्तै आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना रहेको छ ।










प्रतिक्रिया दिनुहोस्