भक्तपुर, ३१ जेठ । भक्तपुरको सडक बिस्तार गर्ने क्रममा वाल निर्माणको सट्टा नयाँ प्रविधिको पल्ब कंक्रीटको प्रयोग गर्न थालिएको छ । बिगतमा सडक बिस्तारको क्रममा लगाइने ढुङ्गाको पर्खालमा सिमेन्ट मसला चोर्ने गुणस्तरीय नबनाउने समस्या जताततै देखिएको थियो ।
भक्तपुरको योजना अनुगमन गर्ने क्रममा विभिन्न स्थानमा सांसद महेश बस्नेत, जिल्ला समन्वय समितिका प्रमुख नबराज गेलाल, सूर्यविनायक नगरपालिकाका मेयर बासुदेब थापा, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, सडक र भक्तपुर सि डि, नगरपालिकाका इन्जिनियर लगाएतको टिमले धेरै ठाउँका पर्खालहरु भत्काएर लaगाउन लगाएको थियो ।
सांसद बस्नेतका विकास सहयोगी अर्जुन खतिवडा भन्नुहुन्छ, यो पल्ब कंक्रीट प्रविधिको बारेमा जानकारी प्राप्त भएपछि भक्तपुरमा प्रयोग गर्नुपर्छ भनेर हामीले गरेको अनुरोधलाई सडक कार्यालयका प्रमुख बिष्णु काफ्ले तुरुन्त प्रारम्भ गर्नु भयो । काफ्लेले भन्नुभए अनुसार ६० प्रतिशत ढुङ्गा र ४० प्रतिशत १ भाग सिमेन्ट, २ भाग बालुवा र ४ भागको मसला राखी वालको सट्टा पल्व कंक्रीट ढलान गरिनेछ ।
यो प्रविधि हामीले भक्तपुर र काभ्रेको यस आर्थिक वर्ष नयाँ योजनामा लागू गरेका छौ. । यो बर्ष भक्तपुरमा मात्र ८६ करोडको थप २२ वटा नयाँ योजनाको काम भईरहेको छ । अघिल्लो वर्ष पनि सडकको नियमित बजेट १५ करोडमा पेप्सिकोला सल्लाघारी सडकको ८० करोड र थप ८६ करोड बजेट गरि १ अर्ब ८० करोड भन्दा बढी रकम सांसद बस्नेतको पहलमा आएको थियो ।
यो वर्ष पनि २५ करोड नियमित बजेटमा हनुमन्ते, मनोहरा करिडोर र बालकुमारी–रानीकोटको समेत हिसाव गर्दा ३ अर्ब भन्दा बढी रकम ल्याउन बस्नेत सफल भएको थियो । त्यस्तै आगामी आर्थिक वर्षको लागि सदनले पास गरेको आगामी आर्थिक वर्षको बजेटमा झण्डै ४ सय योजनाको ४ अर्व भन्दा बढी रकम पारेर समृद्ध र विकसित भक्तपुरको नायकको भुमीका खेल्न सफल हुनुभएको छ ।
त्यस्तै नयाँ प्रविधि प्रयोग भएबाट ढुङ्गाको पर्खालमा मसला चोर्ने र कमसल काम हुने प्रबृत्ति अन्त्य हुने कुरा सूर्यविनायक नगर प्रमुख बासुदेब थापा बताउनुहुन्छ । नयाँ प्रविधिको प्रचार नभै सकेकोले सर्बसाधारणलाई ढुङ्गा राखेर ढलान गरियो भन्ने भम्र पर्न गएको हुन सक्छ । सबैमा यो प्रबिधि जानकारी गराईदै लगिने र अधिकतम प्रयोग गरिने कुरा डिभिजन सडकका इन्जिनियर कर्ण के सीले बताउनुभयो । त्यस्तै सूर्यविनायक नगरपालिका वार्ड नं ७ का अध्यक्ष तथा पुर्बाधार संयोजक रबिन्द्र सापकोटाले आफ्नो टोल र क्षेत्रमा भएका काममा भएको नयाँ प्रविधिको जानकारी लिन र नजिक वाट अनुगमन गर्नै सबै स्थानीय जनसमुदायलाई अनुरोध गर्नुभएको छ ।










प्रतिक्रिया दिनुहोस्