काठमाडौँ, ३१ जेठ । नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रिय शक्तिहरु बीचको एकता भूतपूर्व तथा ऐतिहासिक भएको उल्लेख गर्नुभएको छ ।
राष्ट्रियताको सवालमा नेपालका सम्पूण रानीतिक दल तथा नेपाली जनताको एकताले गुमेको नेपाली भुमि फिर्ता ल्याउने उल्लेख गर्दै उहाँले सरकारले नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई सार्वजनिक गरी संविधानको अंग बनाउन निसान छाप संशोधनको सवालमा मुलुकको एकतावद्धले विश्वलाई ऐतिहासिक सन्देस दिएको बताउनुभएको हो ।
भारतले अतिक्रमण गरेको नेपाली भुमी लिम्पियाधुरा, लिपुलेक तथा कालापानी समेटेको नयाँ नेपालको राजनीति तथा प्रशासनिक नक्साको विषयमा सवै राजनीतिक एकता भएको साथै संविधान संशोधनमा समेत एकमत भएको प्रति लक्षीत गर्दै उहाँले सवैलाई राष्ट्रियताको सवालमा सलाम व्यक्त गर्नुभयो ।
उहाँले आफ्नो सामाजिक सञ्जालमा धारणा राख्दै भन्नुभएको छ, ‘मुलुकको भौगोलिक अखण्डताको पक्षमा , राष्ट्रियता, स्वाधीनता र स्वतन्त्रताका पक्षमा देखिएको राष्ट्रिय शक्तिहरू विचको एकता अभूतपूर्व र ऐतिहासिक छ ! सबैमा सलाम !!’










प्रतिक्रिया दिनुहोस्