राजनीति

अतिक्रमित भूमि कुनै पनि हालतमा फिर्ता ल्याएरै छाड्छौं: महासचिव पौडेल



काठमाडौँ, ३१ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु प्रसाद पौडेलले भारतले अतिक्रमण गरेको अतिक्रमति भूमि कुनै पनि हालतमा फिर्ता ल्याएरै छाड्ने प्रतिवद्धता जनाउनुभएको छ ।

भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधरा, लिपुलेक तथा कालापानी सहित समेटको नया राजनीतिक तथा प्रशासनिक नक्सालाई संविधानमा निसान छाप परिवर्तन गर्न सरकारले प्रतिनिधिसभाका प्रस्तुत गरेको संविधान संशोधनको प्रस्तावको सवालमा आफ्नो धारणा राख्दै महासचिव पौडेलले नक्सा परिवर्तन गर्नेमात्र नभई गुमेको भूमि जुनसुकै विल्प लगाएर भएपनि फिर्ता ल्याएरै छोड्ने प्रतिवद्धता जनाउनुभयो ।

सम्पूर्ण राजनीति दल तथा आम जनताको साथ सरकारलाई रहेको राष्ट्र तथा जनसंख्या सानो वा ठूलो भन्ने होईन ऐतिहासिक तथ्यको आधारमा नेपाली भूमि प्राप्त गरी छाड्ने दृढता व्यक्त गर्दै नेपालको हक स्थापीत गर्नुपर्नेमा जोड दिनुभयो । आफ्नो भूमि प्रतिको हक स्थापीत गर्नेमा सवै एक ढिक्का भई लाग्नुपर्नेमा जोड दिनुभयो ।

ऐतिहासिक तथ्य र प्रमाणको आधारमा नेपाली भूमि फिर्ता ल्याउन सरकारले कुटनीति वार्ता तथा छलफलको माध्यमबाट प्रकृया अघि बढाउनेमा विश्वास व्यक्त गर्दै विगतका गल्तीलाई सच्याउँदै वर्तमान सरकार अघि बढ्ने बताउनुभयो । भारत सरकारले समते सुगौली सन्धीलाई मान्नुपर्ने उल्लेख गर्दै काली नदीको मुहान लिपिम्याधुरा नै भएकाले भारतले नेपालको भूमि कब्जा गरेर बसेको तत्काल छोड्नुपर्नेमा जोड दिनुभयो ।