समाचार

मोटरसाइकल दुर्घटना हुँदा एक बालिकाको मृत्यु



कैलाली, ३१ जेठ । कञ्चनपुरमा शनिबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ ।

जिल्लाको कृष्णपुर नगरपालिका ४ मा मोटरसाइकल दुर्घटना हुँदा दुई वर्षीया बालिका जेनिसा खड्काको मृत्यु भएको हो ।

भित्री सडकमा चलिरहेको से ६ प ३३८९ नम्बरको मोटरसाइकलमा रुखको हाँगा खसेपछि भएको दुर्घटनामा  गम्भीर घाइते बालिकाको उपचारका क्रममा धनगढीमा मृत्यु भएको कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

दुर्घटनामा परी बालिकाका बुबा ज्ञानेन्द्र खड्का गम्भीर घाइते भएका छन् । उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए । रुखको हाँगा काट्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।