समाचार

ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु



दाङ, ३२ जेठ । दाङबाट विद्युतको पोल लिएर प्यूठान तर्फ जाँदै गरेको रा १ त २७७५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

बंगलाचुली गाउँपालिका वडा नम्बर १ बोझपोखरामा शनिबार राति करिब ८ बजेतिर भएको उक्त दुर्घटनामा ट्रयाक्टर चालक बंगलाचुली गाउँपालिका वडा नम्बर ७ हाँसीपुरका २० वर्षीय रामबहादुर बुढाको आइतबार बिहान पौन ४ बजे उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
उक्त ट्रयाक्टरका सहचालक प्यूठान, स्वर्गद्वारी नगर

पालिका सिमिलेका वर्ष १८ का भेषराज घर्ती मगर र अर्का बंगलाचुली गाउँपालिका वडा नम्बर १ बाह्रबीसेका ३२ वर्षका ईश्वर जिसी घाइते भएका छन् । उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।