नवलपरासी, ३२ जेठ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष राज कुमार शर्माको मृत्यु भएको छ ।
आज प्रतापपुरदेखी सदरमुकाम परासी जाने क्रममा अध्यक्ष शर्मा सवार लु १ झ ३७० नम्बर प्लेटको स्कार्पियो सवारी बर्दघाट २ लक्ष्मीनगरमा आफै अनियन्त्रित भई लक्ष्मीनगर पुलदेखि तल खोलामा खस्दा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपराका प्रहरी उपरिक्षक अजय केसीले जानकारी दिनुभएको छ । अध्यक्ष शर्मा जिल्लामा विपद ब्यबस्थापन समितिको बैठकमा सहभागिता जनाउन परासीतर्फ गईरहनुभएको थियो ।
दुर्घटनामा परि घाइते भएका अध्यक्ष शर्मालाई उपचारको लागी चिसापानी अस्पतालमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरिक्षक केशीले जानकारी दिनुभएको छ । शर्मासंगै सवार अर्का एक जना प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का हरिलाल राजभर घाईते भएको र उहाँको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्