Banner News

थप ४२५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५७ सय नाग्यो



काठमाडौँ, ३२ जेठ । थप ४२५ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ५७ सय ६० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ४२५ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार नेपालमा ९७४ जना कोरोना जितेर घर फर्किएका छन् भने १९ जनाको मृत्यु भएको छ ।