काठमाडौँ, ३२ जेठ । सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जाँच्न दिइनेछ । यसरी जाँच गर्दा लाग्ने खर्च सरकारले व्यहोर्नेछ ।
त्यस्तै विदेश जानका लागि चाहिने निरोगीताको प्रमाणपत्रका लागि कोरोना परीक्षण गर्नका लागि काठमाडौंको वीर, त्रिवि शिक्षण अस्पताल र पाटन अस्पतालमा नमुना संकलन हुनेछ ।










प्रतिक्रिया दिनुहोस्