समाचार

मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु



दाङ, १ असार । मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

आइतबार बेलुका ८ बजेर २० मिनेट जाँदा तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको रा ३ प ४७९५ नम्वरको मोटरसाइकलले पैदलयात्री योगीलाई ठक्कर दिदा बबई गाउँपालिका वडा नं.६ का ३७ वर्षीय मोटरसाइकल चालक खिमबहादुर वलीको मृत्यु भएको हो ।

दुर्घटनामा परी घोराही उपमहानगरपालिका वडा नं.११ बुकालीडाँडा निवासी १८ वर्षीय कमल योगी गम्भीर घाइते भएका छन् ।

दुर्घटना पछि दुबै जनालाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठामा लगिएकोमा चालक वलीको उपचारका क्रममा राति साढे ९ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले जानकारी दिए ।