काठमाडौँ, २ असार । साेलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन भएको छ ।
क्यान्सर रोगका कारण मंगलबार बिहान ३९ वर्षको उमेरमा उनको निधन भएको हो । आन्द्राको क्यान्सरबाट पीडित उनको काठमाडौंस्थित ह्याम्स र निदान अस्पतालमा उपचार गरिएको थियो । तर, पछिल्लो समय अवस्था सुधाराेन्मुख नभएपछि चिकित्सककाे सल्लाहमा गाउँ नै फर्काइएको थियो ।










प्रतिक्रिया दिनुहोस्