काठमाडौँ, ३ असार । देशको पूर्वी भूभाग हुँदै नेपाल प्रवेश गरेको मनसुनी वायु सक्रिय भएकाले आगामी तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार उक्त प्रणालीको प्रभाव पूर्वी र मध्य पश्चिमी भूभागमा परेको छ । आज दिउँसो देशभरको मौसम बदली रहेपनि प्रदेश १, २ र वागमती प्रदेशमा भारी वर्षाको सम्भावना छ ।
प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राती सुदुर पश्चिम प्रदेश, कर्णाली र प्रदेश प्रदेश नं ५ का केही स्थानहरुमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्