काठमाडौँ, ४ असार । थप ६७१ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७ हजार ८ सय ४८ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ६७१ जनामा कोरोना संक्रमित पुष्टि भएको हो । जसमा महिला ८० र पुरूष ५९१ सङ्क्रमित भएका छन् ।
मन्त्रालयका अनुसार नेपालमा ११ सय ८६ जना कोरोना जितेर घर फर्किएका छन् भने २२ जनाको मृत्यु भएको छ ।










प्रतिक्रिया दिनुहोस्