समाचार

आजको राशिफल



आज २०७७ साल असार ५ गते शुक्रबार, आषाढ कृष्ण पक्ष त्रयोदशी, द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस

मेष (चुचेचोलालिलुलेलोअ)

विभिन्न अवसरले पछ्याउनेछन् । नजिकको मित्रसँग भेटघाट हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

वृष (इवाविवुवेवो)

आज चुनौतीको सामना गर्दै काम बनाउन सकिनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ ।

मिथुन (काकिकुकेकोहा)

योजना कार्यान्यन नगर्नाले आफैंपछि परिनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सम्पतत्ती राउने, चोरी हुने वा नष्ट होला ।

कर्कट (हिहुहेहोडाडिडुडेडो)

शत्रुहरू किनारा लाग्नेछन् । चिताएको कामले तीव्रता लिनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश र जाँगर बढ्नेछ ।

सिंह (मामिमुमेमोटाटिटुटे)

मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । सुन्दर पहिरनले अरूको नजर आफूमाथि पार्नेछ ।

कन्या (टोपापिपुपेपो)

जुक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । मनोरञ्जनमा सहभागीता भइएला । धन आर्जन गर्ने अवसर पाउनुहुनेछ ।

तुला (रारिरुरेरोतातितुते)

आजको प्रयत्न निष्फल जस्तै होला । अनावश्यक झमेलामा परिएला । चुनौतीको सामना गर्नुपर्ला । छोटो यात्रा हुन सक्छ ।

वृश्चिक (तोनानिनुनेनोयायियु)

शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी होला । राजनैतिक कार्यमा सफलता मिल्नेछ । आम्दानीका स्रोत बढ्नेछन् ।

धनु (येयोभाभिभुधाफाढाभे)

आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । नयाँ र शुभ कार्यको थालनी हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

आँटेको र ताकेकोकार्य पुरा होला । सामाजिक कार्यमा कार्यमा मन जाला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका छ ।

कुम्भ (गुगेगोसासिसुसेसोदा)

आज धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । साँझमा पैसा खर्च हुने योगछ ।

मीन (दिदुदेदोचाचि)

मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मुद्दा–मामिलामा विजयी भइनेछ ।

साभारः हाम्रो पात्रोबाट