काठमाडौँ, ५ असार । भारतको पूर्वी उत्तर प्रदेशको भू-भागमा निम्न चापिय प्रणाली अवस्थित रहेको तथा मनसुनी वायुको प्रभावले देशभरको मौसम बदली भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशभर सामान्य बदलि भइरहेको छ भने दिउँसो प्रदेश १, २, वागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा भारी वर्षाको सम्भावना रहेको छ ।
भारी वर्षाले ती क्षेत्रहरुका नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायातसमेत प्रभावित हुने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ ।
त्यस्तै आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । आज राती देशभर पूर्णतया बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्