भक्तपुर, ५ असार । महिला विकास तथा कानून मञ्च एवं आइ पास नेपालद्धारा संयूक्त रुपमा आयोजित सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धमा भक्तपुरका क्रियाशिल सञ्चारकर्मीहरुसग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले घोषणा गरेको लकडाउन एवं महामारीको समयमा महिलाहरुको सुरक्षित प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि अधिवक्ता नविन कुमार श्रेष्ठले ऐन कानून नियमबारे जानकारी गराउनुभयो ।

कार्यक्रममा आइ पास नेपालका लक्ष्मण के.सी.ले सुरक्षित गर्भ पतन एवं प्रजनन अधिकारबारे जानकारी दिनुभयो । त्यसैगरी सुरक्षित गर्भ पतन र महामारीमा सञ्चार माध्यमको भुमिका विषयमा जानकारी दिँदै लकडाउनको तीन महिनामा प्रसुति व्यथाबाट ३७ जना महिलाको अकालमा मृत्यु भएको तथ्य प्रस्तुत गर्दै सञ्चारकर्मी पिताम्बर सिग्देलले कोरोना भाइरसको त्रासका कारण प्रसुति सेवा लिने महिलाहरु ५० प्रतिशत घटेको तथ्य प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुर अध्यक्ष पुष्करराज बुढाथोकीले समतामूलक, समावेशी एवं सभ्य समाज निर्माणका लागि सञ्चारकर्मीहरुको सकारात्मक भूमिका जरुरी रहेको धारणा व्यक्त गर्नुभयो । कार्यक्रमको उद्देश्य र महत्व माथि प्रकाश पार्दै नेपाल पत्रकार महासंघ भक्तपुरकी उपाध्यक्ष एवं प्रेस संगठन भक्तपुरकी संयोजक कविता थापाले सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य अधिकारको विषय व्यक्तिको जीवनसँग सम्बन्धित भएकोले यस किसिमको समाचार सम्प्रेसन गर्दा सञ्चारकर्मीहरु संवेदनशील एवं सचेत हुनुपर्ने धारणा राख्नुभयो ।

उक्त अन्तरक्रिया कार्यक्रममा लैगिक समानता, परिवार नियोजनको अधिकार, सामाजिक मूल्यमान्यता एवं प्रजनन स्वास्थ्यमा सञ्चारकर्मीहरुको भूमिका विषयमा उपस्थित सञ्चारकर्मीहरुले आप्mनो धारणा राखेका थिए ।










प्रतिक्रिया दिनुहोस्